Janakpurdham
Fri, Aug 07, 2026
`

प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । प्रादेशिक अस्पतालमा मुटु रोगको उपचार सुरु भएको छ । यसअघि, गङ्गालाल हृदय रोग केन्द्रमा मात्र उपचार हुने गरेको मुटु रोगको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सुरु भएको निर्देशक डा.रामनरेश पण्डितले जानकारी दिनुभयो ।  लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने ईण्डोस्कोपी मेसिन थन्किएकामा टिचिङ अस्पतालबाट चिकित्सक डा. निश्चल साह आउनुभएपछि मुटुको उपचार सम्बन्धी सेवा सुरु भएको हो । ओपिडी सेवा आइतबारदेखि शुक्रवारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ । 

ईण्डोस्कोपी मेसिन जनशक्तिको अभावले करिब १ वर्षदेखि थन्किएर बसेको थियो । अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि सेवाग्राहीहरू खुसी भएका छन् । मुटुको सम्पूर्ण अवस्थाका विषयमा ईसीजी तथा ईण्डोस्कोपी गरेर जानकारी लिन सकिने छ । मधेस प्रदेशको गौरवको योजना अन्तर्गत रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवाप्रति प्रश्न उठ्ने गरेको बेलामा नयाँ नयाँ रोगको उपचारका लागि आएका मेसिनहरू सञ्चालनमा ल्याएपछि स्थानीय बाँसी खुसी भएका छन् । 

यसैगरी नशा सम्बन्धी समस्या पत्ता लगाउनका लागि खरिद गरिएको ईएमजी मेसिन पनि सञ्चालनमा आएको छ । यसले नशा च्यापिएको भए पनि सजिलै पत्ता लागेर समाधानका लागि उपचार गर्न सकिने प्राविधिक कर्मचारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 

यसका साथै अस्पतालमा मानसिक रोगको प्रभावकारी उपचारका लागि परीक्षणका लागि खरिद गरेर आएको ईईजी मेसिन पनि सञ्चालनमा आएको छ । यसका साथै फेफडाको अवस्थाका विषयमा परीक्षणका लागि आएको पिएफटि मेसिन पनि सञ्चालनमा आएको छ ।

नयाँ नयाँ रोगको उपचार सुरु भएको र यसलाई निरन्तरता दिने पक्षमा प्रादेशिक अस्पताल रहेको निर्देशक डा.पण्डितले जानकारी दिनुभयो । ईको सेवा दिँदा प्रादेशिक अस्पतालले १ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । यसैगरी ईएमजी र ईइजी सेवा २ हजार र पिएफटि सेवा १ हजार ५ सयमा दिने काम सुरु भएको छ । बाहिर यसको शुल्क ५ हजारदेखि ८ हजारसम्म रहेको छ । साभार : रेडियो नेपाल

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

17 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

17 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले