Janakpurdham
Tue, Sep 16, 2025
`

प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । प्रादेशिक अस्पतालमा मुटु रोगको उपचार सुरु भएको छ । यसअघि, गङ्गालाल हृदय रोग केन्द्रमा मात्र उपचार हुने गरेको मुटु रोगको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सुरु भएको निर्देशक डा.रामनरेश पण्डितले जानकारी दिनुभयो ।  लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने ईण्डोस्कोपी मेसिन थन्किएकामा टिचिङ अस्पतालबाट चिकित्सक डा. निश्चल साह आउनुभएपछि मुटुको उपचार सम्बन्धी सेवा सुरु भएको हो । ओपिडी सेवा आइतबारदेखि शुक्रवारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ । 

ईण्डोस्कोपी मेसिन जनशक्तिको अभावले करिब १ वर्षदेखि थन्किएर बसेको थियो । अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि सेवाग्राहीहरू खुसी भएका छन् । मुटुको सम्पूर्ण अवस्थाका विषयमा ईसीजी तथा ईण्डोस्कोपी गरेर जानकारी लिन सकिने छ । मधेस प्रदेशको गौरवको योजना अन्तर्गत रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवाप्रति प्रश्न उठ्ने गरेको बेलामा नयाँ नयाँ रोगको उपचारका लागि आएका मेसिनहरू सञ्चालनमा ल्याएपछि स्थानीय बाँसी खुसी भएका छन् । 

यसैगरी नशा सम्बन्धी समस्या पत्ता लगाउनका लागि खरिद गरिएको ईएमजी मेसिन पनि सञ्चालनमा आएको छ । यसले नशा च्यापिएको भए पनि सजिलै पत्ता लागेर समाधानका लागि उपचार गर्न सकिने प्राविधिक कर्मचारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । 

यसका साथै अस्पतालमा मानसिक रोगको प्रभावकारी उपचारका लागि परीक्षणका लागि खरिद गरेर आएको ईईजी मेसिन पनि सञ्चालनमा आएको छ । यसका साथै फेफडाको अवस्थाका विषयमा परीक्षणका लागि आएको पिएफटि मेसिन पनि सञ्चालनमा आएको छ ।

नयाँ नयाँ रोगको उपचार सुरु भएको र यसलाई निरन्तरता दिने पक्षमा प्रादेशिक अस्पताल रहेको निर्देशक डा.पण्डितले जानकारी दिनुभयो । ईको सेवा दिँदा प्रादेशिक अस्पतालले १ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । यसैगरी ईएमजी र ईइजी सेवा २ हजार र पिएफटि सेवा १ हजार ५ सयमा दिने काम सुरु भएको छ । बाहिर यसको शुल्क ५ हजारदेखि ८ हजारसम्म रहेको छ । साभार : रेडियो नेपाल

`
12 comments
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

11 घन्टा पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

11 घन्टा पहिले

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..

काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..

1 दिन पहिले

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..

1 दिन पहिले

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..

काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..

3 दिन पहिले