
मधेश प्रदेशमा लैङ्गिक अनुपात बढ्दै गएकोप्रति चिन्ता व्यक्त
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा पुरुषका बीचमा रहेको विभेदका कारणले लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र यूएनएफपिएका सहयोगमा जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ३० वर्ष पुरा भएको सन्दर्भ आज जनकपुरधाममा आयोजित प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।सहभागीहरूले महिला तथा पुरुष बीचको विभेदलाई कम गर्ने तथा महिलालाई बढी अवसर प्रदान नगरेसम्म जनसङ्ख्यालाई सन्तुलनमा राख्न चुनौती हुने बताउनुभयो ।अहिले देशमा १ सय महिलामा ९६ पुरुष भए पनि मधेशमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम भएकाले अगामी दिनमा त्यो झनै बढ्न सक्ने विज्ञहरूले औँल्याउनुभयो ।मधेश प्रदेशका १ सय छोरीमा १ सय १४ जना छोरा भएको जानकारी दिँदै यो अवस्था आउनुमा गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु रहेको जानकारी दिइयो ।कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न आवश्यक भएको बताउँदै सन्तुलित जनसङ्ख्याले नै मुलुकको विकास हुने बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकले गुणस्तरीय जनसङ्ख्याको सही व्यवस्थापन गरेर कतिपय मुलुक चाँडै समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो ।साभार : रेडियो नेपाल

‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको ..
काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि मह..
2 घन्टा पहिले
गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्चको परमादेश
काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार सरकारलाई परमादेश आदेश दिएको छ। सर्..
2 घन्टा पहिले
वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आ..
जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रम..
2 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
1 दिन पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
1 दिन पहिले