Janakpurdham
Sat, Oct 17, 2026
`

मधेशमा ११ प्रतिसत भन्दा बढी बालबालिका श्रममा रहेको बेला   बाल संरक्षण सम्बन्धी नागरिक मञ्च तदर्थ समिति गठन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

जनकपुरधाम,भदौ ६ गते ।बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले दिगो विकास लक्ष्यको ८ .७ का लागि बुधबार जनकपुरधाममा प्रदेश स्तरीय नागरिक मञ्च तदर्थ समिति गठन गरेको छ । दिगो विकास लक्ष्यको ८.७ मा उल्लेख भएको बाल श्रम, बाध्यकारी बाल श्रम तथा बालबालिका बेचबिखन अन्त्य गर्ने उद्देश्यले काम गर्न तत्काल तदर्थ समिति गठन गरेको छ । आसमान नेपालको आयोजनामा भएको एक कार्यक्रमका बिच उक्त समिति गठनको उद्देश्यका बारेमा संस्थाका कार्यक्रम प्रमुख दिनेश्वर साहले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा आसमान नेपालका कार्यक्रम प्रवन्धक मनिराम आचार्यले दिगो विकास लक्ष्य प्राप्तीका लागि ८.७ का लागि बालश्रमलाई अन्त्य गर्न नागरिक मञ्चले गर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । परियोजना संयोजक दिपेन्द्र तिवारीले नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेको तथा २ लाख अतिजोखिम बाल श्रममा रहेको जानकारी गराउनु भयो । त्यस्तै मधेश प्रदेशमा ५ वर्ष देखि १७ वर्ष उमेर समुहका १४ लाख९८ हजार बालबालिका मध्ये मध्ये ११.५१ अर्थात एक लाख ७२ हजार बालबालिका श्रममा संलग्न रहेको बताउनु भयो । ८८ हजार बालक तथा ८५ हजार बालिका मधेश प्रदेशमा बालश्रममा लागेका छन भने ५० हजार ९ सय ३२ बालबालिका जोखिमपुर्ण श्रममा लागेको राष्टिय बालश्रम प्रतिवेदन २०२१ले जनाएको छ । यसरी बाल श्रम रोक्न प्रदेश स्तरमा नागरिक मञ्च गठन गर्न भएको तदर्थ समितिमा बालअधिकारको क्षेत्रमा काम गरिरहेका संस्थाहरु आसमान नेपाल, लाईफ नेपाल, जानकी महिला जागरण समाज, सामाजिक विकास केन्द्र महोत्तरी, सामुदायिक सुधार केन्द्र, हनुमान सामाुदायिक सिकाई केन्द्र, दिव्य ज्योती नागरिक समाज, महावीर स्पोर्ट क्लव, कमला सामुदायिक अनुसन्धान केन्द्र, महादेव आत्म निर्भर समुह तथा एभरेष्ट युवा क्लव सहितका संस्थाहरु सहभागी छन् । उक्त समितिमा अन्य संस्थाहरु समेत थपिने परियोजना संयोजक तिवारीले जानकारी दिनुभयो । समितिले दिगो विकास लक्ष्यको ८.७ लागि काम गरी बाल संरक्षणका क्षेत्रमा सरकारलाई सहयोग गर्नेछन् । उक्त समितिका फोकल पर्सनमा जानकी महिला जागरण समाजका तर्फबाट विष्णु भंडारीलाई चयन गरिएको तिवारीले जानकारी दिनुभयो ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

4 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

5 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले