चुरियामाई दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको सनाखत
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बारा । बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाएका सातै जनाको सनाखत भएको छ । काठमाडौँबाट भारतको मोतिहारी तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ख ७९९४ नम्बरको बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ । २ः१० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ पूर्व पश्चिम राजमार्ग सडक खण्डको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् । घाइतेहरूको हेटौँडाको चुरेहिल अस्पताल हेटौँडा, सन्चो अस्पताल हेटौँडा, सरकारी अस्पताल हेटौँडा, हेटौँडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । उनका अनुसार भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुरबेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुरबेदी, वर्ष ९ की क्रितिका चतुरबेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेस चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्बिदा चतुरबेदी, वर्ष ५४ को राम कुमार चतुरबेदी, वर्ष ७३ को राम प्रसाद पि, महोत्तरी लोहारपति–५ बस्ने वर्ष २६ को जसबेन्दर पासवान, नेपालको धनुषा मौवा गाउँपालिका-१८ जनकपुर बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिका बस्ने वर्ष ३८ को बिहारी मुखिया घाइते भएका छन् । साभार : रातोपाटी
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
4 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
5 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
1 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
1 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले