Janakpurdham
Thu, Sep 18, 2025
`

कोशीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

वराहक्षेत्र(सुनसरी), भदौ ९ गते । सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रबार साँझबाटै ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रबार दिउँसोदेखि नै कोशीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।सम्पर्क तथा भू आर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो । सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू-आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनुभयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । साभार : गोरखापत्र

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

13 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

14 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले