
शुल्कवृद्धिको विरोधमा समाजवादी विद्यार्थी संगठनले थाल्यो आमरण अनसन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ । समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेको भन्दै विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका हुन् । अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरूले आमरण अनसन थालेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । संस्थानले शुल्कवृद्धिको निर्णय फिर्ता नलिएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ । संस्थानको शुल्क कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार आजदेखि आमरण अनसन थालिएको उनको भनाई छ । उनीहरूले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । तर, संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गर्दै आएको उनीहरूको ठहर छ । उता, नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति सुलभ चापागाईं भदौ ४ गतेदेखि आमरण अनसनमा बस्दै आएका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । संस्थानले बजेटको अभावमा इन्जिनियरिङ कलेजहरू सञ्चालन गर्न गाह्रो भएको भन्दै शुल्क बढाउने निर्णय गरेको बताएको छ । शनिवार अबेर राति विज्ञप्ति जारी गर्दै संस्थानले सरकारले उपलब्ध गराउने बजेट कटौती गरेको र पुरानै शुल्क पढाउन सकिने अवस्था नरहेको बताएको थियो ।साभार : रातोपाटी

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
16 घन्टा पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
17 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
2 दिन पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
2 दिन पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
3 दिन पहिले