
संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

धनुषा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ । श्री महावीर युवा कमिटिले जनकपुरधाममा शनिबार आयोजना गरेको नवनिर्वाचित पदाअधिकारीको सपथ ग्रहण एवम् पद हस्तान्तरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । संघ, प्रदेश र स्थानीय तहले आफनो अधिकार क्षेत्रभित्र रहेर आमनागरिकलाई सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले मधेश भनेको काँग्रेस र काँग्रेस भनेको मधेश हुनुपर्नेमा मधेसी नागरिकले कांग्रेसलाई भोट नदिएर दूरावस्था आएको बताउनुभयो । उहाँले लोकतन्त्र मजवुत भएमा मात्रै देश र देशका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत गर्न काँग्रेसलाई मजवुत बनाउन आग्रह गर्नुभयो । काँग्रेसका पूर्व उपसभापति समेत रहनुभएका नेता निधीले देशको हरेक परिवर्तनमा मधेशका युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।श्री महावीर युवा कमिटि जनकपुरधामका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन समितिका प्रमुख राकेशविक्रम साहले नवनिर्वाचित अध्यक्ष अजयकुमार गुप्तासहित पदाअधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवसहित विभिन्न क्षेत्रका व्यक्तिले नवनिर्वाचित पदाअधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो । साभार : गोरखापत्र

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
9 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
10 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले