Janakpurdham
Sat, Oct 17, 2026
`

संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ । श्री महावीर युवा कमिटिले जनकपुरधाममा शनिबार आयोजना गरेको नवनिर्वाचित पदाअधिकारीको सपथ ग्रहण एवम् पद हस्तान्तरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । संघ, प्रदेश र स्थानीय तहले आफनो अधिकार क्षेत्रभित्र रहेर आमनागरिकलाई सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले मधेश भनेको काँग्रेस र काँग्रेस भनेको मधेश हुनुपर्नेमा मधेसी नागरिकले कांग्रेसलाई भोट नदिएर दूरावस्था आएको बताउनुभयो । उहाँले लोकतन्त्र मजवुत भएमा मात्रै देश र देशका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत गर्न काँग्रेसलाई मजवुत बनाउन आग्रह गर्नुभयो । काँग्रेसका पूर्व उपसभापति समेत रहनुभएका नेता निधीले देशको हरेक परिवर्तनमा मधेशका युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।श्री महावीर युवा कमिटि जनकपुरधामका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन समितिका प्रमुख राकेशविक्रम साहले नवनिर्वाचित अध्यक्ष अजयकुमार गुप्तासहित पदाअधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवसहित विभिन्न क्षेत्रका व्यक्तिले नवनिर्वाचित पदाअधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो । साभार : गोरखापत्र

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

3 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

3 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले