Janakpurdham
Mon, Aug 18, 2025
`

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी नेपालीको सोमबार बेलुका ८ः१० बजे जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।गत असोज १२ गतेदेखि ओछ्यानमा परेका उनलाई यसअघि भारतको नयाँ दिल्लीका विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।आफ्नो जन्मदिन भन्दा सात दिनअघि नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीबाट २९ भाद्र २००२ भएको थियो।मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन गरेपछि २६ मंसिर २०१८ बाट आफ्नो पत्रकारिता करियरको सुरुवात गरेका थिए । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो ।नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर उनले पत्रकारिताको सुरुवात गरेका थिए ।उनले सन् २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन पनि सुरु गरेका थिए।उनले अधिनायकवादका विरुद्ध लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखन अगाडि बढाउँदै आएका थिए ।उनी पछिल्लो लामो समयदेखि बाबासिर, प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनी आन्दोलनका घाइते पनि हुन् ।साभार : नेपाल भ्युज

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

10 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

10 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले