Janakpurdham
Sat, Oct 17, 2026
`

महिला जनप्रतिनिधि आफ्नो क्षमताले पुनः निर्वाचित हुनु पर्छ : अन्जु झा        

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौँ १३ गते । महिला नेतृत्वको क्षेत्रमा काम गरिरहेको संसथा माण्डवीका अध्यक्ष अन्जु झाले स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरु फेरी आफ्नो कार्यक्षमताको आधारमा निर्वाचित हुनु पर्ने बताउनु भएको छ । एक पटक निर्वाचित भईसकेको महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षणमा राज्यको लगानी भएको बताउदै उहाँलले जनताको विस्वासको कारण फेरी निर्वाचित हुनुपर्ने बताउनु भयो । धनुषाको मिथिला नगरपालिकाका महिला जनप्रतिनिधिहरुको मध्यवर्ती प्रशिक्षणका पहिलो मोड्युलको समापन सत्रमा बोल्दै उहाँले प्रशिक्षित भएका महिला नेतृत्वले वर्तमानको जे कारणले निर्वाचित भएपनि अगामी दिनमा सक्षम भएर आफ्नो कार्यक्षमताले निर्वाचित हुनु पर्ने बताउनु भयो । उहाँले अहिले सम्म समाजले महिलालाई नेता मान्न नसकेको बताउदै अरु भन्दा फरक तरिकाले जनाताको सेवा गरे अहिलेका महिला वडासदस्यहरुले अगामी दिनमा मेयर सम्मको दावेदारी गर्नसक्नु हुने बताउनु भयो । शि लिड्स परियोजनाको मुख्य उद्देश्य नै निर्वाचित महिलालाई अगामी दिनमा सक्षम नेतृत्व प्रदान गर्नु हो उहाँको भनाई छ । सो पालिकाका २५ जना तथा वर्दिवास नगरपालिकाका २ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय सेतारमान ठोकर तथा सम्झना बर्माले प्रशिक्षण दिनुभएको थियो । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले