
महिला जनप्रतिनिधि आफ्नो क्षमताले पुनः निर्वाचित हुनु पर्छ : अन्जु झा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, भदौँ १३ गते । महिला नेतृत्वको क्षेत्रमा काम गरिरहेको संसथा माण्डवीका अध्यक्ष अन्जु झाले स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरु फेरी आफ्नो कार्यक्षमताको आधारमा निर्वाचित हुनु पर्ने बताउनु भएको छ । एक पटक निर्वाचित भईसकेको महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षणमा राज्यको लगानी भएको बताउदै उहाँलले जनताको विस्वासको कारण फेरी निर्वाचित हुनुपर्ने बताउनु भयो । धनुषाको मिथिला नगरपालिकाका महिला जनप्रतिनिधिहरुको मध्यवर्ती प्रशिक्षणका पहिलो मोड्युलको समापन सत्रमा बोल्दै उहाँले प्रशिक्षित भएका महिला नेतृत्वले वर्तमानको जे कारणले निर्वाचित भएपनि अगामी दिनमा सक्षम भएर आफ्नो कार्यक्षमताले निर्वाचित हुनु पर्ने बताउनु भयो । उहाँले अहिले सम्म समाजले महिलालाई नेता मान्न नसकेको बताउदै अरु भन्दा फरक तरिकाले जनाताको सेवा गरे अहिलेका महिला वडासदस्यहरुले अगामी दिनमा मेयर सम्मको दावेदारी गर्नसक्नु हुने बताउनु भयो । शि लिड्स परियोजनाको मुख्य उद्देश्य नै निर्वाचित महिलालाई अगामी दिनमा सक्षम नेतृत्व प्रदान गर्नु हो उहाँको भनाई छ । सो पालिकाका २५ जना तथा वर्दिवास नगरपालिकाका २ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय सेतारमान ठोकर तथा सम्झना बर्माले प्रशिक्षण दिनुभएको थियो । माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिएको छ । प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
10 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
10 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले