Janakpurdham
Thu, Aug 28, 2025
`

जसपाको विस्तारित बैठक बस्दै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो ।विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीलाई जिम्मेवारी तोकेको छ । 

यसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाएका छन् ।यसैगरी सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशीलकुमार यादवलाई तोकिएको प्रकाशन विभाग बस्नेतले बताउनुभयो ।बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन भनिएको सो पार्टीले जनाएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

3 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले