
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ, भदौ १७ गते । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो।बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुने छन्।असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघ संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवन गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्।बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरी बिस्तार गर्नुपर्ने बताउनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । साभार : गोरखापत्र

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
3 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले