Janakpurdham
Sat, Aug 08, 2026
`

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको फिरफिरेडाँडामा भलिबल प्रतियोगिता सुरु

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपक बस्नेत
कात्तिक १७, तामाकोशी ।

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको फिरफिरेडाँडामा दिपावलीको अवसरमा भलिबल प्रतियोगिता सुरु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफेको आयोजना र श्री शुभराम्भ युवा क्लव जफेको सह आयोजनामा पालिका भित्रका अन्र्तवडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको हो ।  
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता दुईदिन सम्म संचालन हुने छ । भलिबल प्रतियोगितामा पालिका भित्रका भिरकोट, झुले, जफे, च्याँमा र हावाँका खेलाडीको सहभागिता रहेको कार्यक्रम संचालक इश्वर राज काफ्लेले जानकारी दिनुभयो । श्री शुभराम्भ युवा क्लवका अध्यक्ष बद्रि पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ३ जफेका वडा अध्यक्ष राम प्रसाद काफ्ले, वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश्वर काफ्ले, नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका सभापति कृष्ण प्रसाद फुयाँल लगाएतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रतियोगिता बिभिध कार्यक्रम सहित भोलि समापन हुने बताइएको छ ।  

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

17 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

18 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले