
सरकारी गाडीको दुरुपयोग रोक्न सडकमा युवा संघ, जनकपुरमा ११ गाडी नियन्त्रण
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, भदौ २३ गते । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।संघले आज शनिबार बिदाको दिन जनकपुरधामबाट ११ सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चारपाङ्ग्रे र ९ मोटरसाइकल छन् ।बिदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा संघका यूवाहरुले त्यसलाई रोक्न सडकमा उत्रेका छन् ।युवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।साभार : नेपाल प्रेस

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
56 मिनट पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
58 मिनट पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले