
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं,भदौ २४ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ।राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा उनले पुर्याएकाे अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ। आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ।विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन्। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।भारत निर्वासनमा रहँदा बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए। जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।साभार : डिसी नेपाल

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
3 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले