Janakpurdham
Mon, Aug 18, 2025
`

पाँच महिनापछि मधेशले पायो प्रमुख सचिव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,भदौ २६ गते । मधेश प्रदेश सरकारले पाँच महिनापछि प्रमुख सचिव पाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट बढुवा भएका दिनेशकुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।गत चैतको दोस्रो साता मधेश प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका कृष्णबहादुर राउतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । प्रमुख सचिव पद रिक्त भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यरत कानून सेवातर्फका सहसचिव किशोरकुमार चौधरीले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।मधेशले प्रमुख सचिव पाए पनि लुम्बिनी र कर्णाली प्रदेश सरकार अझै प्रमुख सचिवविहीन छन् । लुम्बिनीका प्रमुख सचिव डा.दीपक काफ्ले गत चैत दोस्रो सातामा कोशीको प्रमुख सचिवमा सरुवा भएका थिए ।यस्तै कर्णालीका प्रमुख सचिव डा.गोपीकृष्ण खनाल साउन १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । कर्णालीको प्रमुख सचिवको जिम्मेवारीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका खनाल उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सहसचिव दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

5 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

5 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले