पाँच महिनापछि मधेशले पायो प्रमुख सचिव
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,भदौ २६ गते । मधेश प्रदेश सरकारले पाँच महिनापछि प्रमुख सचिव पाएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवबाट बढुवा भएका दिनेशकुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।गत चैतको दोस्रो साता मधेश प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका कृष्णबहादुर राउतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको थियो । प्रमुख सचिव पद रिक्त भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यरत कानून सेवातर्फका सहसचिव किशोरकुमार चौधरीले निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।मधेशले प्रमुख सचिव पाए पनि लुम्बिनी र कर्णाली प्रदेश सरकार अझै प्रमुख सचिवविहीन छन् । लुम्बिनीका प्रमुख सचिव डा.दीपक काफ्ले गत चैत दोस्रो सातामा कोशीको प्रमुख सचिवमा सरुवा भएका थिए ।यस्तै कर्णालीका प्रमुख सचिव डा.गोपीकृष्ण खनाल साउन १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । कर्णालीको प्रमुख सचिवको जिम्मेवारीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका खनाल उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । उनको ठाउँमा सहसचिव दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
12 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
12 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले