
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ ,भदौ २७ गते । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए । संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। प्रवक्ता शर्माले सिमितमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए । यसअघि गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्ने निर्णय गरेको थियो। तर, उक्त विधेयकमाथि चौतर्फि विरोध भएको थियो। विरोधपछि सरकारले पुनः संशोधन गरेर अघि बढ्ने भन्दै संसद्मा दर्ता गराएको थिएन। मस्यौदामा व्यापक संशोधन गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेर संसदमा पेश गर्ने निर्णय गरेको थियो।साभार : रातोपाटी

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
17 घन्टा पहिले
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने
काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र प..
17 घन्टा पहिले
प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा
काठमाडौं,भदौ २७ गते । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र..
1 दिन पहिले
सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव ..
काठमाडौं ,भदौ २७ गते । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।शीतल नि..
1 दिन पहिले
पूर्व राज्यमन्त्री सञ्जय टकलासहित नख्खु जेलबाट भागेका ..
काठमाडौं ,भदौ २६ गते । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला (साह) काभ..
2 दिन पहिले