विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,भदौ २७ गते । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए । संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। प्रवक्ता शर्माले सिमितमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए । यसअघि गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्ने निर्णय गरेको थियो। तर, उक्त विधेयकमाथि चौतर्फि विरोध भएको थियो। विरोधपछि सरकारले पुनः संशोधन गरेर अघि बढ्ने भन्दै संसद्मा दर्ता गराएको थिएन। मस्यौदामा व्यापक संशोधन गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेर संसदमा पेश गर्ने निर्णय गरेको थियो।साभार : रातोपाटी
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
23 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
23 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले