Janakpurdham
Fri, Aug 07, 2026
`

बालविवाह विरुद्ध सञ्जालको अभियान जारी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम भदौँ २९ गते । जानकी महिला सञ्जालले धनुषा जिल्लाको तीन पालिकाका ४ वडामा संचालन गरेको बालविवाह विरुद्धको अभियानका क्रममा २१ जनाको रोकिएको छ । द गर्ल फस्ट फन्डको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको बालविवाह तथा दाइजो प्रथा विरुद्धको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै जानकी महिला सञ्जालका किशोरी शसक्तिकरण अभियानका परियोजना संयोजक देवकुमार महतोले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८, नगराईन नगरपालिका वडा नं. २ तथा लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ र ७ मा संचालनमा रहेको सो परियोजना अन्तरगत २ सय ४६ जना किशोरीलाई प्रत्यक्ष लाभ भएका बताउनु् भयो । विभिन्न ६ वटा किशोरी क्ल्व गठन गरी विगत ४ वर्ष देखि ती स्थानिय तहहरुमा किशोरीहरुलाई बालविवाह र दाइजोको कारण हुनेगरेको असहज परिस्थीतिका विषयमा प्रशक्षिण दिएपछि अहिले सम्म १६ जना किशोरीहरु वालविवाह नगरी उच्च शिक्षा अध्ययन गरिरहेको बताउनु भयो । सञ्जालका अध्यक्ष रिना कुमारी मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कानुनले बन्देज गरेपनि समाजमा भईरहेको बालविवाह तथा दाइजो प्रथालाई रोक्न स्थानीयबासीको सहयोग आवश्यक रहेको बताउनु भयो । कम उमेरमा विवाह भएपछि समयमा नागरिकता, जन्मेको संतानको जन्मदर्ता बनाउन समेत समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले खुला सिमानाका कारण बालविवाह रोक्न प्रहरीले पुगेको खण्डमा भारतमा गएर विवाह गरेको धेरै उदाहरण रहेको बताउनु भयो । उहाँले मधेश प्रदेशमा दाइजो र बालविवाहको संख्या बढी रहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले टोलटोलमा बालबिबाह र दाइजोका कारण हुने हानिकारक असरहरुका बारेमा स्थानीय तह संगको समन्वयमा काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । कार्यक्रममा शिक्षा तथा समाज कल्याण मंत्रालयको तर्फबाट बोल्दै किरण चौधरीले प्रदेश सरकारले बालबिबाह मुक्ता प्रदेश घोषणाको लागि काम गरिहेको जानकारी दिदै निकट भविश्यमा वडास्तरमा यसको असर देखापर्ने बाताउनु भयो । सञ्जालका सामाजिक परिचालक ज्ञानुका यादवले संचालन गरेको सो कार्यक्रममा सञ्जालका पदाधिकारी, कर्मचारी, परियोजना संचालन भएको वडाका वडाध्यक्षहरु ल्गायतका सहभागिता रहेको थियो । बालबिबाह हुने देशहरुको सुचिमा नेपाल विश्वमा १० औँ स्थानमा, सार्कमा तेस्रो स्थानमा र नेपालको सात वटा प्रदेशमा मधेश प्रदेशमा सबैभन्दा बढी बालबिबाह भईरहेको तथ्यांकले देखाएको छ ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

15 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

15 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले