
गठबन्धन दलमा केहि असन्तुष्टि हुनु स्वभाविक : नेता निधि
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

चन्दन ठाकुर
जनकपुरधाम, भदौ ३१ गते । पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन दलबीच केहि असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।
नेपाली कांग्रेस धनुषाको कार्यालयमा आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दावी गरेका हुन् ।गठबन्धनमा धेर-थोर असहजता र असन्तुष्टि हुनु स्वभाविक रहेको बताउँदै प्रतिनिधिसभा सांसदसमेत रहेका निधिले भनदेशमा राजनीतिक स्थिरता नरहेको बताउँदै उनले भने ‘राजनीतिक स्थिरताकालागि साँसद र सरकार दुबै स्थिर रहेको भए उत्तम हुन्थ्यो तर अहिले सो स्थिति छैन।’नेपालमा राजनीतिक स्थिरताको अध्ययनको आधार साँसद कति अवधिसम्म चल्छ भन्ने मानकलाई मानेर अहिलेको साँसद आगामी २०८४को चुनावसम्म चल्यो भने त्यसलाई राजनीतिक स्थिरता भएको मानिने उनले प्रष्ट पारे ।
तर २०७९मा सम्पन्न निर्वाचनबाट कुनै दलले पूणर् बहुमत नपाएकोले गठबन्धनको सरकार बनाइएको बताउँदै उनले भने‘ गठबन्धनदलबीच भएको सहमतिकै आधारमा पहिला पुष्पकमल दाहाल प्रचण्ड अनि माधव नेपाल तथा अन्तिम चरणमा शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्नेछ र सोहि अनुसार गठबन्धनको सरकार चलिरहेको छ ।’नेता निधिले मधेश प्रदेशमा आर्थिक र व्यापारिक गतिविधि किसान मजदुरको गतिविधिमा थुप्रै काम गर्नु पर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रिय कारणले आर्थिक गतिविधि प्रभावित भएको बताउँदै उनले चीन र भारत दुबै देशका सीमावर्ती क्षेत्रका जनताको गुनासो प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
भारत नेपाल र चीन नेपाल दुबै देशका सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सीमावर्ती क्षेत्रका नागरिकहरुले अन्र्राष्ट्रिय सम्झौता अनुसारको अवस्था नरहेको प्रति चिन्ता व्यक्त गर्दै यस समस्याको समाधानको लागि सरकारले तत्काल पहल थाल्ने विश्वास व्यक्त गरे ।

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
21 घन्टा पहिले
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..
काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..
21 घन्टा पहिले
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..
काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..
2 दिन पहिले
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..
काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..
2 दिन पहिले
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
3 दिन पहिले