इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट, बैठकमा नजाने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज २ गते । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् ।महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनको अडान छ ।स्रोतका अनुसार आफू बैठकमा नआउने सन्देश शर्माले इतर समूहलाई दिइसकेका छन् । आज ट्विटरमा पनि उनले घुमाउरो संकेत गरेका छन् ।तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् ।उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।पहिलो ट्विटमा शर्माले महासमिति मार्फत कांग्रेसमाथि उठेका विभिन्न प्रश्नको जवाफ खोजिने बताएका छन् ।
उनको ट्विट यस्तो छ ।
कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ?
भन्दा महत्त्वपूर्ण प्रश्न-
*समाजमा असन्तुष्टि किन छ,
* हामी त्यसमा कति दोषी छौँ,
* वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ
(महासमिति मार्फत यी प्रश्नको निरूपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि)
उनले दोस्रो ट्विट लेखेका छन्:
*पार्टी पङ्क्तिमा ऊर्जा
*नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास
*०८२ मा महाधिवेशन सुनिश्चितता
*समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री काँग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नु छ
उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु र रहनेछु ।’
तेस्रो ट्विटमा उनले दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको बताएका छन् ।
‘कांग्रेसमा पनि यो छ/छन् । यो अभ्यासलाई हार्दिक ढंगले दिइनुपर्छ ।’
उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छु/रहनेछ ।’


बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
12 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
12 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले