Janakpurdham
Mon, Aug 18, 2025
`

संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज ३ गते । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराई जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएको छन् ।संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराई सहभागी बने । उनीहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । मधेश विरोधी संविधान जारी गरिएको भन्दै यहाँ कैयौँ पटक आन्दोलन भयो । त्यति बेला एमाले नेताहरू जनकपुरधाम आउने स्थिति थिएन । तर आज जानकी मन्दिर परिसरमै संविधानको प्रशंसा भइरहेको छ ।एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ‌।’संविधान गतिशील दस्ताबेज हो भन्दै उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए ।

 साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले