Janakpurdham
Wed, Sep 23, 2026
`

संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज ३ गते । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराई जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा संविधान दिवस मनाएको छन् ।संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराई सहभागी बने । उनीहरूले राष्ट्रिय झन्डासँग सेल्फी समेत लिए ।जनकपुरधाम मधेश प्रदेशको राजधानी हो । मधेश विरोधी संविधान जारी गरिएको भन्दै यहाँ कैयौँ पटक आन्दोलन भयो । त्यति बेला एमाले नेताहरू जनकपुरधाम आउने स्थिति थिएन । तर आज जानकी मन्दिर परिसरमै संविधानको प्रशंसा भइरहेको छ ।एमाले उपाध्यक्ष पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ ‌।’संविधान गतिशील दस्ताबेज हो भन्दै उनले आवश्यक परेमा प्रक्रिया पुरा गरी संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए ।

 साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

12 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

12 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले