कांग्रेस बैठकमा उठ्यो संघीयतामाथि प्रश्न, हिन्दु राष्ट्रलाई महासमिति बैठकको प्रमुख एजेण्डा बनाउन माग
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , असोज ७ गते । नेपाली कांग्रेसको बैठकमा हिन्दु राष्ट्र पक्षमा वकालत र संघीयताको बिषयमा प्रश्न उठेको छ। बैठकमा बोल्दै शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए।उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ। म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छौं हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं। देशभर पार्टीका साथीहरुको आवाज हो। आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुर्नविचार गर्न आग्रह गरे।
सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरा भइरहेको बताए। उनले भने, ‘सरकार के हेर बसिरहको छरु यसमा हाम्रो पार्टीको धारणा के होरु आज देशमा जात र धर्मको नाममा युद्ध हुने अवस्था आइरहेको छ। कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’भण्डारीले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने स्पष्ट धारणा राखेका छन् ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
11 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
11 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले