Janakpurdham
Wed, Aug 27, 2025
`

कांग्रेस बैठकमा उठ्यो संघीयतामाथि प्रश्न, हिन्दु राष्ट्रलाई महासमिति बैठकको प्रमुख एजेण्डा बनाउन माग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,  असोज ७ गते । नेपाली कांग्रेसको बैठकमा हिन्दु राष्ट्र पक्षमा वकालत र संघीयताको बिषयमा प्रश्न उठेको छ। बैठकमा बोल्दै शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दु राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्काएर राखेको आरोप लगाए।उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दु सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्काउनुभएको छ। म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छौं हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं। देशभर पार्टीका साथीहरुको आवाज हो। आगामी महासमितिको बैठकमा यसलाई मुल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुर्नविचार गर्न आग्रह गरे।

 उनले भने, ‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ। यसबारेमा पार्टीले गम्भिर विचार गर्नुपर्छ। हामीले राष्ट्रिय स्वाधिनता र अखण्डताको कुरा गरिराखेका छौं। केही नेताहरुको बाध्यता होला। संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ।’ 

सनातनीहरूलाई जिस्काउने अपमानित गर्ने समग्र रुपमा नस्ट गर्ने कुरा भइरहेको बताए। उनले भने, ‘सरकार के हेर बसिरहको छरु यसमा हाम्रो पार्टीको धारणा के होरु आज देशमा जात र धर्मको नाममा युद्ध हुने अवस्था आइरहेको छ। कांग्रेस के हेरेर बसेको छ ? यस विषयमा गम्भीर बन्न पर्दैन ?’भण्डारीले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने स्पष्ट धारणा राखेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

3 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले