पुस्तक बिनाको मनुष्यको कुनै काम छैनःसभामुख मण्डल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
प्रिया कर्ण
जनकपुरधाम,असोज ८ गते । पठन संस्कृतिको विकास सबैको हातमा किताब मुलनाराको साथ जनकपुरधाममा शुरु भएको विशेष पूस्तक प्रदर्शनी २०८० जारी रहेको छ ।असोज ७ गतेदेखि शुरु भएको विशेष पुस्तक प्रदर्शनी आगामी २२ गतेसम्म चल्ने साझा प्रकाशन जनकपुरधामका कार्यालय प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।उनका अनुसार प्रदर्शनीमा राखिएको विभिन्न पुस्तकमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुट दिइनेछ ।जनकपुरधामको भानुचौकस्थित कार्यालय परिसरमै आइतबार एक समारोहको आयोजना गरी प्रदर्शनीको उद्घाटन गरिएको छ ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदर्शनीको उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा बोल्दै सभामुख मण्डलले किताब बिनाको मनुष्य र हतियार बिनाको मजदुरको कुनै कामको नहुने टिप्पणी गरे ।जनकपुरधाममा अध्ययनको संस्कृतिको विकासको लागि साझाको पुस्तक प्रदर्शनीले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै उनले भने,‘अध्ययन गर्नै पर्छ नत्र कुनै पनि विधामा केहि खासै गर्न सकिन्न ।’यहाँ पुस्तक किन्ने संस्कृतिको विकासमा यो प्रदर्शनीले सकारात्मक प्रभाव पार्नेमा आफू ढुक्क रहेको बताउँदै उनले भने शिक्षा बिनाको मान्छे प्रायःमृत समान रहेको बताए ।अध्ययन संस्कृतिके विकासक मुख्य उद्देश्य लिई आयोजना गरिएको सो प्रदर्शनीको उद्घाटन कार्यक्रममा साहित्यकारहरु अयोधानाथ चौधरी,रोशन जनकपुरी,श्यामसुन्दर शषिसहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले ज्ञानभूमि जनकपुरधाममा अध्ययन अध्ययापनको संस्कारमा कमि आउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
11 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
11 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले