Janakpurdham
Mon, Aug 18, 2025
`

पुस्तक बिनाको मनुष्यको कुनै काम छैनःसभामुख मण्डल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

प्रिया कर्ण
जनकपुरधाम,असोज ८ गते ।  पठन संस्कृतिको विकास सबैको हातमा किताब मुलनाराको साथ जनकपुरधाममा शुरु भएको विशेष पूस्तक प्रदर्शनी २०८० जारी रहेको छ ।असोज ७ गतेदेखि शुरु भएको विशेष पुस्तक प्रदर्शनी आगामी २२ गतेसम्म चल्ने साझा प्रकाशन जनकपुरधामका कार्यालय प्रमुख दिलिप गुप्ताले जानकारी दिए ।उनका अनुसार प्रदर्शनीमा राखिएको विभिन्न पुस्तकमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुट दिइनेछ ।जनकपुरधामको भानुचौकस्थित कार्यालय परिसरमै आइतबार एक समारोहको आयोजना गरी प्रदर्शनीको उद्घाटन गरिएको छ ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदर्शनीको उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा बोल्दै सभामुख मण्डलले किताब बिनाको मनुष्य र हतियार बिनाको मजदुरको कुनै कामको नहुने टिप्पणी गरे ।जनकपुरधाममा अध्ययनको संस्कृतिको विकासको लागि साझाको पुस्तक प्रदर्शनीले उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै उनले भने,‘अध्ययन गर्नै पर्छ नत्र कुनै पनि विधामा केहि खासै गर्न सकिन्न ।’यहाँ पुस्तक किन्ने संस्कृतिको विकासमा यो प्रदर्शनीले सकारात्मक प्रभाव पार्नेमा आफू ढुक्क रहेको बताउँदै उनले भने शिक्षा बिनाको मान्छे प्रायःमृत समान रहेको बताए ।अध्ययन संस्कृतिके विकासक मुख्य उद्देश्य लिई आयोजना गरिएको सो प्रदर्शनीको उद्घाटन कार्यक्रममा साहित्यकारहरु अयोधानाथ चौधरी,रोशन जनकपुरी,श्यामसुन्दर शषिसहितका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले ज्ञानभूमि जनकपुरधाममा अध्ययन अध्ययापनको संस्कारमा कमि आउँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले