
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ, असोज १० गते । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनर्गठन तथा रुपान्तरणको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।उहाँका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय नेताहरूले यही असोज २० गतेभित्र प्रदेशअन्तर्गतका १३ वटै जिल्ला समन्वय समिति रुपान्तरण, गठन वा पुनर्गठन गर्नुपर्नेछ । पालिका समितिको लागि असोज ३० गतेसम्मको समयसीमा तोकिएको छ । यस अवधिमा स्थानीय तहदेखि प्रदेश समितिसम्मलाई आ–आफ्नो तहका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनको बैठके आयोजना, सङ्गठन गठन, पुनर्गठनको कार्य पनि गर्न, गराउन भनिएको प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । साभार : गोरखापत्र

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले