
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असोज १२ गते । नेकपा एमाले मधेस प्रदेशको प्रदेश कमिटीको अधिवेशन अगामी असोज २४ र २५ गते जनकपुरधाममा हुने भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन् ।अधिवेशनका लागि एमालेले नारा र लोगो समेत सार्वजनिक गरेको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोसहितले संयुक्त रुपमा अधिवेशनको नारा र लोगो सार्वजनिक गरेका हुन् । अधिवेशनका लागि प्रदेशका ८ वटै जिल्लामा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, २३ वटै जनसंगठनको प्रदेशस्तरीय अधिवेशन सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । २०८४ सालको निर्वाचनसम्म यहीँ नारालाई मधेश प्रदेशभर विस्तार गर्ने र यहीँ नाराको वरिपरि सिंगो मधेशलाई एकताबद्ध रुपमा गोलबन्द गर्ने पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले बताए । सार्वजनिक गरिएको लोगोले मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तिब्र विकासको आवश्यक्तालाई उजार गर्न खोजिएको उनले बताए । अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ ।
साभार : रातोपाटी

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले