Janakpurdham
Sat, Oct 25, 2025
`

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज १२ गते ।  आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई,  शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी  सहभागी थिए ।सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका
थिए ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो । 

तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

 

आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले  आन्दाेलन जारी राखेकाे  एक सातापछि वार्ता  गरेकाे हाे ।

 साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

2 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

2 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

3 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

3 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 दिन पहिले