Janakpurdham
Mon, Aug 18, 2025
`

देशको अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री डा. महत

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज १३ गते ।  अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसर भएकाले लगानी बढाउन उद्योगीहरूसँग आग्रह गर्नुभएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६ औँ साधारण सभाको जनकपुरधाममा उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, विदेशबाट आउने रेमिट्यान्स वृद्धि हुनुका साथै देशमा पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीको विकास गर्न सकेको खण्डमा मधेश प्रदेशमा तीन बाली उत्पादन गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा लान सकिने बताउनुभयो ।

उहाँले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा आर्थिक विकासको व्यापक सम्भावना रहेको बताउँदै यस ठाउँको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न भौतिक पूर्वाधारको निर्माणमा सरकारले जोड दिएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेशको समृद्धिका लागि प्रदेश, स्थानीय तथा संघ सरकार हातेमालो गरेर अगाडी बढ्न तयार भएको बताउँदै मुलुकको धेरै रकम सहकारी संस्थाको नाउँमा होल्ड गर्ने काम भएकोप्रति नेपाल राष्ट्र बैंकले अध्ययनको काम थालेको बताउनुभयो ।

धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले मधेश प्रदेशमा विकासको व्यापक सम्भावना भए पनि राज्यले उपेक्षा गरेका कारण वर्षौं पुराना कतिपय योजनाको निर्माणले गति नलिएको बताउनुभयो ।

नेपाली काँग्रेसका मधेश प्रदेश सभाका सदस्य रामसरोज यादवले विगतमा प्रदेश सरकारले पारित गरेका विधेयकहरू संघीय सरकारका कारण कार्यान्वयन हुन नसकेको बताउँदै तत्काल निजामती तथा प्रहरी विधेयक ल्याउन माग गर्नुभयो ।

नेकपा एमालेका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले मधेश प्रदेशको विकासका लागि जनताको खेत खेतमा सिँचाइ पुर्‍याउन पूर्व पश्चिम राजमार्ग भन्दा केही किलोमिटर दक्षिणमा नहर प्रणालीको विकासमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधामको विकासका लागि गुठी संस्थान बाधक भएको बताउँदै प्रदेश सरकारलाई गुठीसम्बन्धी प्रदेश कानून ल्याउन आग्रह गर्नुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले