Janakpurdham
Fri, Aug 07, 2026
`

देशको अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री डा. महत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज १३ गते ।  अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अग्रसर भएकाले लगानी बढाउन उद्योगीहरूसँग आग्रह गर्नुभएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६ औँ साधारण सभाको जनकपुरधाममा उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, विदेशबाट आउने रेमिट्यान्स वृद्धि हुनुका साथै देशमा पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीको विकास गर्न सकेको खण्डमा मधेश प्रदेशमा तीन बाली उत्पादन गरेर देशलाई आर्थिक समृद्धिको बाटोमा लान सकिने बताउनुभयो ।

उहाँले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा आर्थिक विकासको व्यापक सम्भावना रहेको बताउँदै यस ठाउँको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न भौतिक पूर्वाधारको निर्माणमा सरकारले जोड दिएको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेशको समृद्धिका लागि प्रदेश, स्थानीय तथा संघ सरकार हातेमालो गरेर अगाडी बढ्न तयार भएको बताउँदै मुलुकको धेरै रकम सहकारी संस्थाको नाउँमा होल्ड गर्ने काम भएकोप्रति नेपाल राष्ट्र बैंकले अध्ययनको काम थालेको बताउनुभयो ।

धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले मधेश प्रदेशमा विकासको व्यापक सम्भावना भए पनि राज्यले उपेक्षा गरेका कारण वर्षौं पुराना कतिपय योजनाको निर्माणले गति नलिएको बताउनुभयो ।

नेपाली काँग्रेसका मधेश प्रदेश सभाका सदस्य रामसरोज यादवले विगतमा प्रदेश सरकारले पारित गरेका विधेयकहरू संघीय सरकारका कारण कार्यान्वयन हुन नसकेको बताउँदै तत्काल निजामती तथा प्रहरी विधेयक ल्याउन माग गर्नुभयो ।

नेकपा एमालेका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले मधेश प्रदेशको विकासका लागि जनताको खेत खेतमा सिँचाइ पुर्‍याउन पूर्व पश्चिम राजमार्ग भन्दा केही किलोमिटर दक्षिणमा नहर प्रणालीको विकासमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधामको विकासका लागि गुठी संस्थान बाधक भएको बताउँदै प्रदेश सरकारलाई गुठीसम्बन्धी प्रदेश कानून ल्याउन आग्रह गर्नुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

14 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

14 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले