
साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन नेपालगञ्जमा कर्फ्यू आदेश जारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

रुपन्देही,असोज १६ गते । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।
हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने गतिविधि नगर्न आग्रह गरेको थियो ।मंगलबार बिहान नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा सद्भाव र्याली निकालिएको थियो ।

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
1 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
2 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
2 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले