
प्रधानमन्त्री बन्ने पालो पर्खेर बसेको छैन: माधव नेपाल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,असोज १७ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने पालो पर्खेर नबसेको स्पष्ट पारेका छन् ।मेची-महाकाली राष्ट्रिय समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका उनले आज पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री बन्ने मौका कहिले आउँछ भनेर ढुकेर बसेको छैन।’उनले वर्तमान सरकारलाई नै सहयोग गर्ने र अगाडी बढाउनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले राम्रा काम गर्न खोज्नु भएको छ । तर गर्न सकिरहेका छैन् । उहाँलाई राम्रा कामका लागि सघाउर्नुपर्छ ।’अध्यक्ष नेपालले अभियानका क्रममा मधेशमा अपार समर्थन देखेर हृदय गद्गद् भएको बताए । उनले मधेशमा व्यापक उत्साह देखेर आफू पनि उत्साहित बनेको बताए ।‘गरिब र बेसहराका लागि अझै समाजवाद नआएको महसुस भयाे, त्यसकाे लागि म अगाडि बढेको छु’ उनले भने । बेरोजगारी समस्या समाधान गर्न सबभन्दा बढी जरुरी भएको उनको भनाई थियो ।तीन दिन अगाडि काकडभिट्टाबाट नेकपा एसले अभियान सुरु गरेको थियो । अभियानमा सहभागी नेताहरु हिजो जनकपुरधाम पुगेर विश्राम गरे छन् ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले