Janakpurdham
Sun, Aug 17, 2025
`

एमाले सचिव योगेश भट्टराई भन्छन्- हाम्रो ध्यान मधेशमा एमालेको तागत बढाउन केन्द्रित छ (भिडिओ)

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २३ गते । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् । 

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे ‌। उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री चाहिन्छ । १३६ वटै पालिकामा एमालेको प्रमुख हुनुपर्छ । अब यो अधिवेशनबाट हाम्रो ध्यान यता गएको छ ।’एमाले प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । यसबारे उनले मधेशको स्वाभिमान उठाउनुपर्ने र सगरमाथाको शिरसम्म पुर्‍याउने बताए ।उनले सबै तहमा एमालेले नेतृत्व पाए मात्र मधेशको समृद्धि सम्भव हुने दाबी गरे ।नेता भट्टराईले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको उल्लेख गरे । उनले स्वच्छ र मर्यादित ढंगले प्रदेशको नेतृत्व चयन गर्ने बताए ।साभार : नेपाल प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले