Janakpurdham
Wed, Sep 23, 2026
`

एमाले सचिव योगेश भट्टराई भन्छन्- हाम्रो ध्यान मधेशमा एमालेको तागत बढाउन केन्द्रित छ (भिडिओ)

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २३ गते । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् । 

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे ‌। उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री चाहिन्छ । १३६ वटै पालिकामा एमालेको प्रमुख हुनुपर्छ । अब यो अधिवेशनबाट हाम्रो ध्यान यता गएको छ ।’एमाले प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । यसबारे उनले मधेशको स्वाभिमान उठाउनुपर्ने र सगरमाथाको शिरसम्म पुर्‍याउने बताए ।उनले सबै तहमा एमालेले नेतृत्व पाए मात्र मधेशको समृद्धि सम्भव हुने दाबी गरे ।नेता भट्टराईले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको उल्लेख गरे । उनले स्वच्छ र मर्यादित ढंगले प्रदेशको नेतृत्व चयन गर्ने बताए ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

10 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

10 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले