इजरायलमा मारिएका साहका परिवारलाई मधेश सरकारले पाँच लाख राहत दिने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असोज २४ गते । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहत स्वरूप दिने भएको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिए ।विज्ञप्तिमा भनिएको छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
10 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
10 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले