Janakpurdham
Sun, Aug 17, 2025
`

नगरप्रमुख यादवलाई ३ वर्ष कैद र १५ लाख जरिमाना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज २५ गते । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिमाना तोकिएको छ ।विशेष अदालतले कसुर ठहर्याएपछि बुधवार उक्त सजाय सुनाएको हो ।प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो ।उनी स्थानीय निर्वाचनमा दोस्रो कार्यकालको लागि पनि चुनिएका थिए ।लालबकैया नदीको ठेक्काको सम्बन्धमा २०७५ पुस १५ गते भएको निर्णय कार्यान्वयन नगराएको तथा बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै सङ्कलन गर्ने कार्य गरेको अख्तियारको ठम्याई रहेको थियो ।एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपियाँ बिगो दाबी गरिएको यस मुद्दामा विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले पालिका प्रमुख यादवलाई मात्र दोषी ठहरको फैसला सुनाएको थियो ।साभार : विकास टाइम्स

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले