Janakpurdham
Wed, Sep 23, 2026
`

इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असोज २६ गते ।  इजरायलबाट नेपालीको उद्धारपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि सञ्चारकर्मीसँग उनले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको उनले बताए ।‘आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।हाल तेल अभिवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेकालाई आवश्यकताअनुसार फर्काउनले उनको भनाइ छ ।उद्धार गरी नेपाल ल्याइएकालाई उपत्यकाका विभिन्न गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

8 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

8 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले