Janakpurdham
Tue, Aug 26, 2025
`

इजरायलबाट अन्य नेपालीलाई पनि आवश्यकताअनुसार ल्याउँछौं : परराष्ट्रमन्त्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असोज २६ गते ।  इजरायलबाट नेपालीको उद्धारपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहेका ५०३ जनामध्ये २५४ जनालाई ल्याइएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि सञ्चारकर्मीसँग उनले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताए । इजरायलमा चारजना नेपाली घाइते भएकोमा एकजना उपचारपछि आजै स्वदेश फर्किएको उनले बताए ।‘आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं ।’इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए ।हाल तेल अभिवबाट नियमितरूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेकालाई आवश्यकताअनुसार फर्काउनले उनको भनाइ छ ।उद्धार गरी नेपाल ल्याइएकालाई उपत्यकाका विभिन्न गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा बस तयारी अवस्थामा राखिएको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 घन्टा पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

17 घन्टा पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

18 घन्टा पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले