शान्ति पुनस्र्थापना केन्द्रको सामाजिक लेखा परिक्षण सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम असोज २६ गते । मानव बेचविखन तथा ओसारपोसारको विरोधमा काम गर्दै आएको शान्ति पुनस्र्थापना गृह जनकपुरधाम शाखाको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संस्थाको राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको अध्यक्षतामा भएको सो सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै नगराईन नगरपालिकाका मेयर विनय कुमार यादवले मानव बेचबिखन अहिलेको समयमा समुदायको लागि चुनौती रहेको बताउदै पालिकाले गर्ने काम सो संस्थाले गरिरहेको बताउनु भयो। उहाँले मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा मानिसहरुलाई जागरुक गराउनु पर्ने समेत बताउनु भयो । भारतको सीमा संग जोडिएको सो पालिकामा समेत केन्द्रले जनचेतनामुलक काम गर्दै जटही नाकाबाट धेरै जनालाई बेचविखन हुनबाट बचाएको समेत बताउनु भयो । कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले केन्द्रले गरेको काम सराहनीय रहेको बच्दै अरु नाकाहरुमा समेत कार्य क्षेत्र विस्तार गर्नुपर्ने सुझाब दिनुभयो । उहाँले पहिला नेपालबाट भारत तथा चीन तिर मानव तस्करी हुन्थ्यो भन्ने अचेत विभिन्न बाहानामा तेस्रो मुलुकहरुमा समेत मानव तस्करी बढिरहेकोमा थप जागरुक हुनु्पर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै जनकपुर रेल्वे भन्सारका सशस्त्र प्रहरी नायव उपरिक्षक हर्कबहादुर शाहीले सो संस्थाको समन्वयमा रेल्वे स्टेशनबाट समेत केहि जनालाई मानव बेचबिखनबाट बचाएको बताउदै आफुहरु सदैब सहयोगका लागि तयार रहेको बताउनु भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रहरी निरिक्षक चन्द्रकला भट्टराईले छोटो समयमा जनकपुरधाममा शान्ति पुनस्र्थापना केन्द्रले प्रभावकारी रुपमा काम गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय बालअधिकार परिषदका मधेश प्रदेश संयोजक संजिव महतोले महिलाको मात्र नभई बालबालिकाहरुको समेत बेचबिखन तथा ओसार पोसार भईरहेकोले यस तर्फ समेत ध्यान दिन आग्रह गर्नुभयो । सो कार्यक्रममा संस्थाका क्षेत्रीय प्रमुख संजय सिँहले संस्थाले गरिरहेको बामका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । विगत चार महिना देखि सक्रिय रुपमा जनकपुरधाममा काम गरिरहेको सो संस्थाले मानव बेचबिखन तथा ओसारपोसारको विरुद्धमा सीमा निगरानी, सचेतनामुलक कार्यक्रम क्षमता अभिवृद्धि कार्यक्रम आवधिक गृह संचालन जस्ता क्रियाकलापहरु गर्दै आएको केन्द्रको जिल्ला कार्यक्रम संयोजक रिना झाले जानकारी दिनुभयो । केन्द्रका जनकपुरधाम शाखाले मानव बेचबिखन तथा ओसारपोसारको जोखिम पुर्ण यात्रामा रहेका ४१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारिक पुनर्मिलन गराएको जनाइएको छ ।शाखाले सिमा क्षेत्रमा २ सय ३२ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचबिखन तथा ओसार पोसरा विरुद्धको सूचना तथा परामर्श सेवा प्रदान गरेको भने ३ जना माथि मुद्धा समेत दर्ता भएको केन्द्रका जनकपुर शाखा प्रमुख झाले जानकारी दिनुभयो ।केन्द्रको पहलमा बेचबिखनमा परेका एक जनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गराइएको छ । अहिले शान्ति पुनस्र्थापना केन्द्रले जनकप्ुरधामको रेल्वे स्टेशन, बस पार्क तथा जठही नाकामा काम गरिरहेको छ ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
8 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
8 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले