Janakpurdham
Sun, Aug 17, 2025
`

नेपाल–भारत खुल्ला सीमा विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २६ गते । सिमावर्ती भारतको विहार र मधेशका अगुवाहरु सम्मिलित संवादमा हाल दुई देशको सिमानाकामा देखिएको समस्याले दुवै देशका जनतालाई पिडा भइरहेको भन्दै दबाबमुलक कार्यक्रम गर्नुपर्ने निश्कर्ष निकालेको छ । दुई देशका राज्य (प्रहरी र प्रशासन)को दुव्र्यहारले दुवै देशका जनतालाई सास्ती भइरहेको र यस्ले पौरानिक, एतिहाँसिक, धार्मिक तथा सांस्कृतीक मात्र नभई पारिवारिक सम्बन्धमा समेत खलल पुग्ने काम गरेको वक्ताहरुले बताए ।

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूह जनकपुरधामले आज जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवाद कार्यक्रममा श्रममन्त्री सिंहले सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक पारिवारिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताए।

खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि सहज पुर्वक भेटने लागुऔषधको कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति पनि दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा अन्य वक्ताले बताए । मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिए ।

नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा वृहत् समीक्षा हुन जरुरी रहेको बताए ।

`
12 comments
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

1 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

1 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

3 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

4 दिन पहिले