Janakpurdham
Fri, Aug 07, 2026
`

नेपाल–भारत खुल्ला सीमा विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २६ गते । सिमावर्ती भारतको विहार र मधेशका अगुवाहरु सम्मिलित संवादमा हाल दुई देशको सिमानाकामा देखिएको समस्याले दुवै देशका जनतालाई पिडा भइरहेको भन्दै दबाबमुलक कार्यक्रम गर्नुपर्ने निश्कर्ष निकालेको छ । दुई देशका राज्य (प्रहरी र प्रशासन)को दुव्र्यहारले दुवै देशका जनतालाई सास्ती भइरहेको र यस्ले पौरानिक, एतिहाँसिक, धार्मिक तथा सांस्कृतीक मात्र नभई पारिवारिक सम्बन्धमा समेत खलल पुग्ने काम गरेको वक्ताहरुले बताए ।

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूह जनकपुरधामले आज जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवाद कार्यक्रममा श्रममन्त्री सिंहले सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक पारिवारिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताए।

खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि सहज पुर्वक भेटने लागुऔषधको कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति पनि दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा अन्य वक्ताले बताए । मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिए ।

नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा वृहत् समीक्षा हुन जरुरी रहेको बताए ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

12 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

12 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले