
८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,असोज २७ गते । नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गरी असोज २६ र २७ गते सर्लाहीको लालबन्दीमा सम्पन्न भएकाे भेलाले ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गरेको हाे ।भेला पश्चात युनियनको मधेस प्रदेश महासचिव अजयकुमार साहले जारी गरेको घोषणापत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन नेपाल प्रेस युनियन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने , नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनलगायतका संस्थाहरूबीच भएको पूर्वसहमति विपरीतका कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक तथा मापदण्ड पुरा गरेका पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रुपमा मापदण्ड अनुसार पत्रकारलाई सदस्यता दिने व्यवस्था मिलाउन पत्रकार महासंघको ध्यानाकर्षण समेत गराएकाे छ।
त्यसैगरी घोषणापत्रमा नेपाल पत्रकार महासंघलाई सबै आस्था, विचार भएका पत्रकार सम्बद्ध संस्थाहरुलाई समेटेर नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने , व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवद्र्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने ,सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवद्र्धनमा विशेष जोड दिँदै पत्रकारको क्षमता विकासका लागि बजेटको व्यवस्था गर्न जोडदार माग समेत गरेकाे छ।
त्यस्तै सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिङ्गकमैत्री बनाउन र गोलभेँडाको सहरका नामले परिचित सर्लाहीको लालबन्दी नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवद्र्धनका ठोस तथा उपलब्धिमूलक काम गर्न सम्बद्ध निकायसँग माग गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ।
भेलामा नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडलको उपस्थितिमा पत्रकारको सदस्यता शुद्धिकरण तथा क्षमता र दक्षता अभिवृद्धिको सन्दर्भमा नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजनामा प्रदेशभरिको आठ वटै जिल्लाका प्रजातान्त्रिक पत्रकारको उपस्थिति रहेको थियो ।साभार : शिरीष न्युज

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले