Janakpurdham
Wed, Sep 23, 2026
`

महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,असोज २७ गते ।  नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।

‘महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नुहुँदैन’ कोइरालाले भने, ‘उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । सबै महिला एकसय एक छन् ।’ 

कोइरालाले आफ्नो जन्मदिनको स्मरण गर्दै भने, ‘बिपी कोइरालाका तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म’ उनले भने, ‘तीन वर्षसम्म आइमाइकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’

नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे । साभार : रातोपाटी

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

8 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

8 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले