
एनप्यावसन धनुषाको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक
जनकपुरधाम, असोज २७ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । शनिवार निर्वाचनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच पद हस्तान्तरण र शपथ ग्रहण गराईएको हो । नेकपा एमालेकी नेतृ एवम धनुषा क्षेत्र नं. ३ का प्रतिनीधि सभा सदस्य जुली कुमारी महतोको प्रमुख आतिथ्य एवम् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाका नव निर्वाचित अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य रामसरोज यादव , दिपेन्द्र ठाकुर , राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रिय अध्यक्ष पाण्डव हमाल सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको अधिवेशनबाट अध्यक्षमा आशिष झा , उपाध्यक्षमा प्रमोद अग्रवाल , अनिल अग्रवाल सचिवमा दिपेन्द्र कुमार चौधरी , कोषाध्यक्षमा अभिषेक चौधरी , सह—सचिवमा कञ्चन कर्ण र सह कोषाध्यक्षमा अताबुल अहमद रहेका छन । त्यस्तै सदस्यहरुमा महेन्द्र महतो , राजु यादव , डा.सन्तोष कुमार कर्ण , मिरा पाण्डे र सुर्यनाथ गोईत रहेका छन ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले