
फागुन १ लाई जनयुद्ध दिवस भनेर बिदा दिए कांग्रेसलाई स्वीकार्य हुँदैन : गगन थापा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं,कार्तिक २ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए ।थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ । हामी अघिल्लो सरकारमा थिएनौं । यो सरकारमा नयाँ आएका छौं । यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन । हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं । माओवादीको पनि केही कुरा होला हामीसँग ।’उनले प्रचण्ड, देउवा र माधव नेपाल बसेको बैठकलाई गठबन्धनको नभनेर दलका नेताहरूको भनेर लेख्न आग्रहसमेत गरे ।साभार : नेपाल प्रेस

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
10 घन्टा पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
11 घन्टा पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले