Janakpurdham
Wed, Sep 23, 2026
`

फागुन १ लाई जनयुद्ध दिवस भनेर बिदा दिए कांग्रेसलाई स्वीकार्य हुँदैन : गगन थापा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,कार्तिक २ गते ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै हालतमा कांग्रेसले जनयुद्ध दिवस मान्न नसक्ने प्रष्ट्याए ।थापाले भने, ‘अब केही दिनमै फागुन १ आउँदैछ । यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ । हामी अघिल्लो सरकारमा थिएनौं । यो सरकारमा नयाँ आएका छौं । यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन । हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं । माओवादीको पनि केही कुरा होला हामीसँग ।’उनले प्रचण्ड, देउवा र माधव नेपाल बसेको बैठकलाई गठबन्धनको नभनेर दलका नेताहरूको भनेर लेख्न आग्रहसमेत गरे ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

8 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

8 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले