Janakpurdham
Fri, Aug 28, 2026

प्रदेश

देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्दीकाठमाडौं । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् । ‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा भएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदीबन्दीहरू भागेका छन् । उनको रिहाइपछि देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ । बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए । आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् । तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिएपनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ । सुन्धारा कारागारबाट तीन हजार बढी कैदी भोगेका छन् । उक्त कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी समेत फरार भएका छन् । धादिङ कारागारबाट पनि कैदीहरू भाग्न थालेपछि सेनाले गोली चलायो । जहाँ एक जनाको मृत्यु भएको छ । त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । रसुवा कारागारबाट करिब सयको सङ्ख्यामा कैदी भाग्दा डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्‍यो । धुलिखेलस्थित जिल्ला कारागारमा पनि कैदीहरूले आगो लगाए । उनीहरूले लगाएको आगो दमकल प्रयोग गरेर दुई घण्टापछि नियन्त्रणमा आयो । आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालियो । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीको भनाई छ । जलेश्वर कारागारबाट पाँच सय बढी कैदी भागेका छन् । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् । देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्कि..


आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक..


प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत..

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।  मंगलबार राष्ट्र..


मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहसच..


गृहमन्त्री लेखकले दिए राजीनामा..

काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ..


काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने..

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयका सम्बन..


ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु अघिल्लो दिन आज मिथ..


सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हु..


जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!..

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्रेस, कम्युनिस्ट वा ..


आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा ..