जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीकाे मूर्ति अनाजबाट बनाउने तयारी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक ११ गते । राम जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने तयारी सुरु गरिएको छ ।जनकपुरधामका मेयर मनोज साहले राम जानकीको प्रतिमा बनाउने विषयमा विभिन्न निकायका अधिकारीसँग छलफल गरेका हुन् । छलफलपछि उनले अनाजबाट ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने निष्कर्षमा पुगेको बताए ।उनका अनुसार जनकपुरधामको रंगभुमी मैदान (बारहविघा)मा राम जानकी प्रतिमा निर्माण गरिनेछ । प्रतिमा करिब तीन कट्ठा क्षेत्रफल ओगट्नेछ ।यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि)मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।प्रतिमा भारत मध्य प्रदेश सतिश गुर्जरले निर्माण गर्नेछन् । उनको टिम जनकपुरधाम आइपुगेको छ ।यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी मनाइन्छ । यसवर्ष विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम(जानकीको प्रतिमा हुनेछ ।साभार : नेपाल प्रेस
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
17 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
17 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले