Janakpurdham
Tue, Mar 24, 2026
`

नगर इन्चार्जले लाखौं लिएर भागेको भन्दै एमाले प्रदेश नेताद्वारा पार्टी परित्याग

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १२ गते ।  सिरहा क्षेत्र नम्वर ४ (क)का प्रत्याशी उम्मेदवार प्रकाश महासेठ नेकपा एमाले परित्याग गरेका छन् ।महासेठले आज मिर्चैयामा पत्रकार सम्मेलन गरी एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चुनावमा रुपैयाँ लिएर भागेका नेतालाई संरक्षण र आफूलाई बेवास्ता गरेको भन्दै एमाले परित्याग गरेको उनले बताए ।चुनावमा उनले मात्र ५२० मतले पराजित भएका थिए । पार्टीका मिर्चैया नगरपालिकाका ईन्चार्ज प्रदिप महासेठले अन्तरघात गरेको र खर्च गर्न दिएको रुपैयाँ लिएर भागेकै कारण आफू चुनाव हारेको उनको भनाई छ ।प्रदिपले करिब १६र१७ लाख रुपैयाँ लिएर भागेको नेता प्रकाशको आरोप छ । उनले भने, ‘पार्टी जिल्ला कमिटीमा निवेदन दिएको थिए । पार्टीले साढे १५ लाख रुपैया फिर्ता गर्न प्रदिपलाई भन्यो । तर अझै रुपैयाँ फिर्ता गरेनन् । उनलाई कारबाही गर्नुको साटो मलाई नै बेवास्ता गर्न थालेपछि पार्टी परित्याग गर्न बाध्य भएको छु ।’ 

‘पार्टीको प्रदेश ईन्चार्ज तथा कल्याणपुरका मेयर रामपुकार साह समक्ष पनि यो कुरा लिएर पुगेको थिए’, उनले गुनासो गरे, ‘तर उहाँले लीलानाथ श्रेष्ठले तपाईंको मुद्दा नै क्लोज गरेको सुनाउनुभयो । उहाँले लीलानाथ श्रेष्ठ जति ठूलो पदमा नभएकोले केही गर्न नसक्ने भनेर जवाफ दिनुभयो ।’उनले पार्टी परित्याग गरेपनि जनताको सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए । जनताले आफूलाई भोट दिएकाले रातदिन नछुट्याई जनताले खोजेको बेला साथ दिने उनको भनाई छ ।यता, नगर ईन्चार्ज प्रदिप महासेठले आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको दावी गरे । उनले भने,‘पार्टीमा निवेदन परेको सत्य हो । सात दिनको समय दिएर मसंग लिखित जवाफ मागेको थियो । म लिखित जवाफ पनि पठाए । त्यसपछि मलाई कुनै पत्र आएको छैन् ।प्रकाश महासेठले पत्रकार सम्मेलनमा लगाएको आरोप अनुसार जिल्ला कमिटीले आफूलाई साढे १५ लाख रुपैया फिर्ता गर्न भनेको कुरा पनि झुठो रहेको उनले दावी गरे ।साभार : नेपाली प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

17 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

17 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले