Janakpurdham
Tue, Mar 24, 2026
`

जनकपुरधाममा नमूना बाल संसद् सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,कार्तिक २१ गते ।  बालबालिकामा राजनीतिप्रति बढेको वितृष्णा कम गर्न तथा संसदीय अभ्यासको विषयमा अभ्यस्त गराउन मधेश प्रदेश स्तरीय नमूना बाल संसद् सभा बैठक सम्पन्न भएको छ ।बालबालिकामा रहेको अन्तर्निहित क्षमताको विकास गर्दै नेतृत्व क्षमताको विकासका लागि सेभ द चिल्ड्रेन र आसमान नेपालको सहकार्यमा जनकपुरधाममा नमूना संसद् बैठक आज सम्पन्न भएको हो । नमूना बाल संसदमा १५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरू सहभागी रहेका थिए ।

आसमान नेपालको सङ्कल्प परियोजना मार्फत भएको मधेश प्रदेशको नमूना संसदमा ४ मन्त्रीसहित १८ सत्तापक्ष तथा १४ जना प्रतिपक्षी वाल सांसदका बीचमा प्रदेश सभा सञ्चालनको विषयमा अभ्यास गरिएको थियो । विद्यार्थीहरूले निक्कै अभ्यस्त तरिकाले संसदीय गतिविधि सञ्चालन गरेका थिए ।

नमूना वाल संसद्को निर्माण पनि क्लष्टरको आधारमा गर्नुका साथै वालिकाको सहभागिता उच्च बनाउने काम भएका थिए । यसमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सहितका महत्वपूर्ण पदहरूमा बालबालिकाहरू नै रहेका थिए ।साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

15 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

15 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले