Janakpurdham
Tue, Mar 24, 2026
`

सहि बाटोमा हिडने प्रहरीलाई गृहकै रोक

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, कार्तिक २२ गते ।धनुषा जिल्लाको शान्ति सुरक्षा राम्रो बनाउन सफल जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । २०७९ पुस १२ मा धनुषामा सरुवा भएका एसपी खड्काले धनुषा जिल्लामा शान्ति सुरक्षा बनाउन राम्रो भूमिका निभएका छन् । धनुषामा शान्ति सुरक्षा बिग्रने कुनै पनि गतिविधि हुन दिएका छैनन् । मधेश प्रदेशका केही जिल्लाहरूमा धार्मिक दङ्गा भएका थिए । तर, धनुषामा धार्मिक दङ्गा हुन पाएन् । समयमा नियन्त्रण भए । आरती साह प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई फिर्ता बोलाउन लागेको हो । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले प्रहरीलाई सहि बाटोमा ल्याउन र विधिअनुसार चलाउन सरुवा, बढुवा लगायतका अवसरमा नियम बनाएका छन् । धेरै बोल्न नरुचाउने आईजीपी कुँवरले राजनीतिक हस्तक्षेपमा रहेको प्रहरीभित्र सुधारका राम्रा संकेतहरू गरिरहेका बेला गृहमन्त्री श्रेष्ठले मनपरी हर्कत गर्न थालेपछि हेडक्वाटर असन्तुष्ट बनेको छ । आरती साह प्रकरणमा गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई फिर्ता बोलाउन दिएको निर्देशनप्रति आईजीपी कुँवर खुसी छैनन् । उच्च स्रोतका अनुसार शान्ति सुरक्षा बनाउन खटिएका प्रहरीलाई स–साना घटनामा कारबाही गर्ने, स्पष्टीकरण सोध्ने, हटाउने, मनोबल गिराउने जस्ता कार्य गर्दा प्रहरीको काम गर्ने मनोबल कमजोर हुने छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको मनोबल बढाउनेभन्दा पनि गिराउने कार्यहरू गरिरहेका छन् । गृहमन्त्रीले प्रहरीको संरक्षण गरेर जनताको सेवा गर्नुपर्ने प्रमुख दायित्व रहेको हुन्छ । तर, गृहमन्त्रीले घटनाको गहिराइमा नपुगेर हावाका भरमा प्रहरीहरूलाई कारबाही गर्ने, धम्काउने, थर्काकाउने लगायतका हर्कत गरेर हैरान बनाएका छन् । आरती साह प्रकरण भएका बेला एसपी खड्का विदामा थिए । विदामा रहेका बेला जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी डीएसपी देवप्रसाद गौतमले सम्हालेका थिए । आरती साह प्रकरणका बेला भएको झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका थिए । एसपी खड्काले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व ११ महिना सम्हालिसकेका छन् । एक महिनापछि उनको नियमित सरुवा हुन लागेको छ । आरती साह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । आरतीको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । अभियुक्तहरू थुनामा छन् ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

15 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

15 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले