महाकवि विद्यापतिको योगदान अतुलनीय -निधी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर १० गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा समावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको धारणा राखेका छन् । विद्यापति स्मारक संरक्षण समितिले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त आवाज उठाएको इतिहास स्मरण गरे ।कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मैथिली भाषालाई साहित्य रचनामार्फत जनजनसँग जोड्न खेलेको भूमिकाका कारण विद्यापतिलाई अहिलेसम्म पनि देवतुल्य व्यक्तिका रूपमा सबैले श्रद्धा गर्ने गरेको बताए ।जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले मिथिलाञ्जलको लोक–व्यवहारलाई साहित्यिक रचनामार्फत थप समृद्ध बनाउन र तत्कालीन समयमा नागरिक सम्बन्धलाई जोड्न विद्यापतिले खेलेको भूमिका स्तुत्य रहेको धारणा राखे ।संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले महाकवि विद्यापतिको योगदानलाई अहिलेको पुस्तासम्म पुर्याउन बृहत् कार्यक्रम र जनकपुरमा विद्यापति पुस्तकालय स्थापना गर्न जरुरी रहेकाले सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे ।सो अवसरमा नेपाली भाषाको माध्यमबाट मधेसका समसामयिक विषयमा समाचार सम्प्रेषण गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति मधेस प्रदेश प्रमुख टीकाराम सुनार र रेडियो नेपालका संवाददाता अजयकुमार झालाई सम्मान गरिएको थियो ।मैथिली साहित्यमा चौधौँ शताब्दीको सङ्घर्षपूर्ण समयमा जन्मिएका विद्यापतिले रचना गरेका पुरुष परीक्षा, भूपरिक्रमा, किर्तीकला, लेखनावली, गङ्गावाक्यावली, दानवाक्यावली, गयापतालकलगायत ग्रन्थहरू चर्चित छन् ।काँग्रेस धनुषा क्षेत्र ३ का क्षेत्रीय सभापति श्याम निधिको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह, काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पञ्जियार, उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति थियो ।साभार : हाम्रा कुरा
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
12 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
12 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले