ओरेकले संचालन गरेको सुरक्षा आवास अब स्थानीय तहको मातहतमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम मंसिर ११ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालद्वारा विगत २५ वर्ष देखि जनकपुरधाममा संचालनमा रहेको सुरक्षा आवास अब स्थानीय तहहरुको रेखदेखमा संचालन हुने भएको छ । पिडित तथा सुरक्षाको आभावमा भौतारिरहेका महिला तथा वालवालिकाहरुलाई ओरेक नेपालको सुरक्षा आवासमा राख्ने गरिएकाले यो काम स्थानीय सरकारको भएको हुनाले धनुषाको प्रमुख जिल्ला अधिकारीको पहलमा स्थानीय तहको आर्थिक समन्वयमा संचालन हुने भएको छ । मंसिर ७ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको अध्यक्षतामा भएको धनुषा जिल्लाका स्थानीय तहहरुका प्रमुखहरुको समन्वय बैठकमा सुरक्षा आवासलाई दिर्घकालिन रुपमा संचालन गर्न सबै पालिकाले बास्केटबल फन्ट जम्मा गरी संचालन गर्न निणर्य भएको हो । सो समन्वय बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सहजकिरण गरी यो काम स्थानीय सरकारको रहेकाले यसमा सबै पालिकाले समन्वय गरी जनकपुरधाममै सुरक्षा आवास संचालन गर्नुपर्ने बताउनु भएको थियो । सो बैठकमा बोल्दै ओरेक नेपालीका कार्यकारी निर्देशक सुनिता मैनालीले सुरक्षा आवासको आवश्यक्ता र महत्वका बारेमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा ओरेक धनुषाकी सुरक्षा आवास ईचार्ज कमला खडकाले सुरक्षा आवासको अवस्थाबारे जानकारी गराउनु भएको थियो । बैठकमा धनुषा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुले सुरक्षा आवासका लागि आफुहरुले नियमित बजेट निवियोजन गरी सामुहिक रुपमा संचालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेको ओरेक धनुषाका प्रमुख सुजना अर्यालले जानकारी दिनुभयो । अगामी दिनमा ओरेक धनुषा तथा जनकपुरधाम उमहानगरपालिकाका कानुनी सल्लाहकारले संयुक्त रुपमा कार्यबिधि बनाई संचालनमा ल्याउने निणर्य भएको हो । बैठकमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मंडल,सुरक्षा निकायका प्रमुखहरु,लैँगिक हिँसाका विरुद्धमा काम गरिरहेका विभिन्न संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।
.jpg)
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
12 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
12 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले