गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,मंसिर १६ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।पूर्व उपप्रधानमन्त्री निधिले जनकपुरधाम–२३ लादोवेलामा गैरअवासीय नेपाली सङ्घको आयोजनामा सञ्चालनमा आएको बेलायती कम्पनी बेलेकोको शाखाको आज उद्घाटन गर्दै प्रदेशहरूलाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारी समायोजन छिटो गर्नुपर्ने बताउनुभयो ।उहाँले मुलुकमा आर्थिक मन्दी भएको बेलामा बेलायत तथा कतारमा प्रतिष्ठा आर्जन गरेको बेलेकोको कम्पनीका शाखा खुलेकोमा खुसी व्यक्त गर्दै यसले यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको अवसर मिल्ने आशा व्यक्त गर्नुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कम्पनीको शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका बेरोजगार युवाहरूले स्वदेशमा नै रोजगारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा लोसपाका नेता परमेश्वर साहले जनकपुरधाममा व्यापारीहरू पलायन भइरहेको वेलामा प्रसिद्ध कम्पनीको शाखा खुल्नु खुसीको विषय भएको बताउनुभयो ।गैरअवासीय नेपाली संघका युरोप शाखाका अध्यक्ष चिन्तामणि शर्माले नेपालमा गैरअवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकका नागरिकता प्रदान गर्न थालेपछि लगानीका लागि उत्साहित भएको बताउनुभयो ।कम्पनीका सञ्चालक मोहम्द ईसराईलको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिओ अब्दुल बासिर, कम्पनीका ब्राण्ड एम्बेस्डर प्रदीप खडकाले कम्पनीले उत्पादन गरेका ४३ प्रकारका घरेलु उपभोगका सामानहरूको बिक्री वितरण साथै निकट भविष्यमा नै उत्पादनको काम गर्ने बताउनुभयो ।कार्यक्रममा केही ज्येष्ठ नागरिक तथा स्थानीय बासीलाई सम्मान गरिएको थियो ।साभार : रेडियो नेपाल
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
12 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
12 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले