Janakpurdham
Tue, Mar 24, 2026
`

कांग्रेस मधेस सम्मेलन : शेखरले बहिष्कार गरे, निधी दर्शकदीर्घामै बसे

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुधाम,पुष ५ गते ।  नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ ।जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ ।प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए । तर उनी उद्घोषकको कुरा नसुने जस्तै दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् ।सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरु सहभागी छन् ।दुई दिनसम्म चल्ने सम्मेलनमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिएका छन् । उद्घाटन सत्रमा आठै जिल्लाबाट अगुवा नेता र कार्यकर्ताहरु पनि आएका
छन् ।

 साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

9 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

9 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले