महिलाको उद्यमको विकासका लागि जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,पुष १५ गते । सभ्यता, संस्कृति, भाषा, संस्कार र उद्यमको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा सखी बहिनपा मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । आइतबार सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनको जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रका खशी सुधा झाले उद्घाटन गर्नुभयो । नेपाल, भारत विभिन्न भू–भाग तथा दुबईका सखी बहिनपामा आबद्ध महिलाहरू सहभागी अन्तर्राष्ट्रिय सम्मेलनमा मिथिलाको भाषा, संस्कार, संस्कृति तथा उद्यमको विकासका विषयमा छलफल तथा संवाद गरिन आयोजक संस्था धनुषाका अध्यक्ष भारती चौधरीले जानकारी दिनुभयो । करिब पाँच सय महिलाहरूको सहभागिता रहेको उक्त सम्मेलनमा महिलाहरूमा भएको ज्ञान, सीप तथा कलाको माध्यमले वस्तुको उत्पादन तथा बजारीकरण गरि आत्मनिर्भर बनाउने विषयमा परामर्श गरिने जनाइएको छ । सम्मेलनमा महिलाहरूले घर घरमा उत्पादन गरेको मिथिलाको चित्रकला तथा घरेलु उत्पादनहरूको प्रदर्शन पनि गरेका छन् । घर घरमा महिलाहरूले उत्पादन गर्ने गरेको अदौरी, तिलौरी, चनौरी, पापड, पिठौरी, दनौरी, अरिकोच तथा विभिन्न प्रकारका अचारहरू प्रदर्शनमा राखिएको छ । त्यस्तै, नेपाल तथा भारतको विभिन्न भूभागबाट आएका महिलाहरूले मिथिलाको संस्कृतिक भेषभूषा तथा पहिरन समेत प्रदर्शनमा राखेका छन् ।

सखी बहिनपा मिथिलानी महिला समूहका अध्यक्ष आरती झाको अध्यक्षतामा भएको सो अन्तर्राष्ट्रिय सम्मेलनमा महिला शक्तिकरणका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरेर त्यसमाथि छलफल तथा संवाद गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा महिला समूहले मिथिला पेन्टिङमा ख्याति कमाउन सफल मिथिलेश्वरी कर्ण, गायिका शान्ति सदा तथा साहित्यकार हिमांशु चौधरीलाई दोसल्लासहित सम्मान पत्रद्वारा सम्मान गरेको छ । यसअघि, विभिन्न भेषभूषामा सजिएका महिलाहरूले बाजा गाँजा, झाँकीसहित जनकपुरधामको विभिन्न भागको परिक्रमा गरेका थिए । साभार : रेडियो नेपाल

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
8 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
8 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले