Janakpurdham
Tue, Mar 24, 2026
`

राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुस १६ गते । अगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।मधेश प्रदेश निर्वाचन अधिकृतको रुपमा जिल्ला आदालत धनुषाका न्यायधीश नारायण प्रसाद सुवेदी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्त रुपमा प्रदेश निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ । पुस २० गते देखि रिक्त हुने राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट एक जना महिला तथा एक जना अन्य गरी दुई जना सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । उक्त निर्वाचनमा मधेश प्रदेशमा एक सय ७ जना प्रदेश सभा साँसद तथा आठै जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ६७ जना गरी कुल ३ सय ७४ जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत न्याधीश नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सो निर्वाचनका लागि मतदाता नामावली प्रकाशन पुस २० गते निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेशमा हुने छ । पुस २० देखि २२ सम्म मतदाता नामावली माथि दावी विरोध गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशन पछि उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते विहान १० बजे देखि ३ बजे सम्म हुने छ । मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने कार्य पुस २४ गते, उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन पुस २६ गते नाम फिर्ता लिने कार्य तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते गरिने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली प्रकाशन पछि उम्मेदवारहरुका पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने छ । राष्ट्रिय सभाका लागि दुई जना सदस्यका लागि माघ ११ गते महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा निर्वाचन कार्य सम्पन्न भई उक्त दिन नै निर्वाचन भएको स्थानमा नै मतगणना हुने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि धनुषाका प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं.८ गण धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका प्रमुख दिपक खडका, नेपाली सेनाका साहायक सेनानी भूपेन्द्र विक्रम शाही, निमित प्रदेश निर्वाचन अधिकृत नविन चौधरी लगायतको सहभागिता रहेको थियो ।

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

8 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

8 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले