Janakpurdham
Tue, Mar 24, 2026
`

‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्वपूर्ण’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २७ गते । तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले  दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे ।कार्यक्रमका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले स्व.पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ ।  कार्यक्रममा  कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पुरयाएको योगदानको स्मरण गरे । कार्यक्रममा  कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा (यादव) लगायतले आपसी सद्भाव, एकता र समन्वयका साथ क्रियाशील हुनसकेमा मात्रै सहिदको सपना हुने धारणा राखे ।

यस्तो छ पाठकको योगदान 

सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शुभचन्द मिश्रका अनुसार जनकपुरधामा सुरुदेखि नै भित्रभित्रै पञ्चायतविरोधी आन्दोलन भइरहेको थियो । कांग्रेसमा आस्थावान् नेता पाठक पनि सोही आन्दोलनमा सक्रिय रहेका थिए । सोही कारण विसं २०४२ जेठ ६ गतेदेखि सुरुआत भएको सत्याग्रहमा क्रियाशील पाठकले गिरफ्तारी दिई नौ महिनासम्म जलेश्वर कारागारमा जीवन व्यतित गरे । काराबासबाट फर्केको केही समय मात्रै भएकाले उनी तत्कालीन पञ्चायती सरकारको नजरमै थिए । यहि बीचमा तत्कालीन जनकपुुर नगर पञ्चायतद्वारा जनकपुर–७, ८ र १३ का करिब चार सय ८५ बिघा जग्गा अधिग्रहण गरेर बाहिरका उच्च पदस्थ नागरिकलाई बसोबास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने योजना बन्यो । यो योजनामा स्थानीय जनसमुदायको सहमति थिएन । तथापि तत्कालनी जनकपुरका अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेललगायतले सो निर्णय गरेको थियो ।  घटनाका विषयमा जानकार अभियन्ता प्रफुल्लराज घिमिरेले सो निर्णयविरुद्ध केही जग्गा धनीलगायत जनकपुरका अगुवा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा.प्रकाशचन्द्र लोहनी कहाँ निर्णय फिर्ता लिन माग गर्दै ‘डेलिगेसन’मा जाँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलन गर्नु परेको बताउँछन् । त्यो आन्दोलनको संयोजक हुनुहुन्थ्यो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय ।  रायले भने, “छलफलबाट निष्कर्ष ननिस्किने र नापीका कर्मचारी तथा प्रहरी प्रशासनले जबर्जस्ती गर्न नरोकेपछि आान्दोलनको अवस्था बन्यो । विसं २०४५ पुस २२ गतेपछि धरपकड बढ्न थाल्यो । त्यही क्रममा पुस २३ गते मलाई गिरफ्तार गरियो । हामीले मुआब्जा दिएर अधिग्रहणको सहमति दिनेभन्दा पनि जबर्जस्ती गर्न थालेपछि पुस २६ गते ठूलो आदोलन भयो । त्यही आन्दोलनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै अङ्गरक्षकको पेस्तोल छिनेर गोली हान्दा पाठकको निधन हुनपुग्यो ।”पिता रामचन्द्र पाठकका तीन छोरामध्येका कान्छा सुपुत्रका रुपमा विसं २०१५ मा धनुषा जिल्लाको बघचौरा गाविसमा पाठकको जन्म भएको थियो । हाल पाठकको सम्झनामा सहिद सत्यनारायण पाठक स्मृति प्रज्ञा–प्रतिष्ठान बनाएर उनको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । साभार : रातोपाटी

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

5 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

5 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले